Logo
०३ जेठ २०७८
(Monday 17th May 2021)

९१ हजार ७ सय ९३ पर्यटक नेपाल भ्रमणमा आए




काठमाडौं। जनवरी महिनामा ९१ हजार ७ सय ९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलब ४ प्रतिशतले बढी हो।

हवाईमार्ग हुँदै ७७ हजार ३ सय पर्यटक नेपाल भ्रमणमा आएका छन् भने १४ हजार ४ सय ९३ पर्यटक सडकमार्ग हुँदै आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार यो अवधिमा १४ हजार ६ सय ५० भारतीय पर्यटक नेपाल आएका छन्। यो अवधिमा चिनियाँ पर्यटक १४ प्रतिशतले बढेर १३ हजार ६ सय ८८ जना नेपाल भ्रमणमा आएका छन्।


अध्यागमन विभागका अनुसार गत वर्षको तुलनामा जनवरीमा थाइल्याण्ड, जापान र दक्षिण कोरियाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या क्रमशः ६९.८ प्रतिशत, ३८ प्रतिशत र ८.४ प्रतिशतले बृद्धि भएको छ।

यसैगरी बेलायत, जर्मनी र फ्रान्स लगायत युरोपेली मुलुकबाट ११ हजार नौ सय ९६ नेपाल भ्रमणमा आएका छन्। बोर्डका अनुसार जनवरीमा बेलायतबाट चार हजार एक सय ३०, जर्मनीबाट एक हजार पाँच सय ४९ र फ्रान्सबाट एक हजार तीन सय ७५ पर्यटक नेपाल भ्रमणमा आएका छन्।

अमेरिकाबाट नेपाल भ्रमणमा आउने पर्यटकको संख्या २८.१ प्रतिशतले वृद्धि भएको छ भने अस्ट्रेलियाको पर्यटकको संख्या ३१.३ प्रतिशतले वृद्धि भएको छ। जनवरीमा मात्र सात हजार २८ अमेरिकी पर्यटकको नेपाल भ्रमणका लागि आएका छन् भने तीन हजार पाँच सय २७ अष्ट्रेलियाबाट नेपाल भ्रमणका लागि आएका छन्।

प्रतिक्रिया दिनुहोस्