
काठमाण्डौं । रमण कन्सट्रक्सनले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको लागि चिनियाँ कम्पनीसँग संझौता गरेको छ । एक कार्यक्रमकाबिच आज चिनियाँ कम्पनी गुयाङटोङ युएयानटिनसँग रमण कन्सट्रक्सनले द्धिपक्षिय संझौता गरेको हो ।
यो संझौतासँगै विद्युत गृह र भेरीमा हेड निर्माणको कामले तिव्रता पाउने छ । त्यसको जिम्मा भने रमण कन्सट्रक्सनले पाएको थियो ।
राष्ट्रिय गौरवको आयोजना मध्ये एक भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको पहिलो चरणको सुरुङ खन्ने काम सकिएको छ । टिबीएम मेसिन प्रयोग गरी सुरुङ खनिएकाले समय तालिका भन्दा पहिले नै काम सकिएको थियो ।