Logo
Logo

डडेल्धुराको नवदुर्गा गाउँपालिकामा प्रभु बैंक



डडेल्धुरा । प्रभु बैंक लिमिटेडले डडेल्धुराको नवदुर्गा गाउँपालिका -४ मा नवदुर्गा शाखा विस्तार गरेकाे छ।  संघीय संरचना बमोजिम विभिन्न स्थानीय तहमा शाखा कार्यालय सञ्चालन गर्ने उद्देश्य अनुरुप प्रभु बैंक लिमिटेडले नवदुर्गा गाउँपालिका -४ मा नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो।

आइतबार नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले एक कार्यक्रमकाबीच शाखा कार्यालयको उद्घाटन गरे। गाउँ गाउँमा बैंकिङ पहुँच पुर्‍याउने उद्देश्यका साथ शाखा कार्यालय विस्तार गरिएको प्रभु बैंकले जनाएको छ।

उद्घाटनका क्रममा विष्टले बैंकले गाउँ गाउँ पुगेर सेवा विस्तार गरेकोमा खुशी व्यक्त गरे। शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, ब्यापारी, तथा सर्वसाधारण लाभान्वित हुने उनको विश्वास छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?