Logo
०८ असार २०७८
(Tuesday 22nd June 2021)

पानीजहाज आउने निश्चित, प्रधानमन्त्रीले कार्यालय उद्घाटन गर्ने



काठमाण्डौं । नेपालको आफनै पानीजहाज हुन्छ भन्नेमा केहि मानिसले अविश्वास गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार पानीजहाज कार्यालयको उद्घाटन गर्ने भएका छन् ।

भारतीय नाकाबन्दीको कटाक्ष गर्दै नेपालको आफ्नै पानीजहाज हुने र नेपालीको पानीजहाज चढ्ने सपना पूरा गर्ने भन्दै आश्वासन दिएका प्रधानमन्त्री ओलीले मंगलवारकार्यालयको उद्घाटन गर्न लागेका हुन्।

निर्वाचन ताका घोषणापत्रमा नै ब्यवस्था गर्दा विपक्षी दलका नेता कार्यकर्तादेखी अन्य केहीले कागजका जहाजदेखि कार्टुनसम्म बनाउन प्रधानमन्त्री ओलीलाई उडाएका थिए। तर सरकारले यसै आर्थिक बर्षवाट पानीजहाजको सपना पूरा गर्न कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेका हुन् ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले फागुन २ गते पानीजहाज कार्यालयको प्रधानमन्त्री ओलीबाट उद्घाटन गर्दैछ । हिजो व्यंग्य गर्नेदेखी शुभेच्छुक सबैलार्इ निम्तो छ मन्त्री रघुबिर महासेठले भने अब नेपालीको विकासको सपना कसैले तुहाउन सक्दैन ।

प्रतिक्रिया दिनुहोस्