Logo
२३ फाल्गुण २०७७
(Sunday 7th March 2021)

पर्यटन विकासको ६३ लाख मदिरा र मासुभातमा स्वाहा



धरान । रान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन्।

धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीले दुरुपयोग गरेका हुन्। उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन्। उपमहानगरपालिकाले बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन।

पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटन सम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफू खुसी दुरुपयोग गरी नीतिगत भष्ट्रचार गरेको प्रमाण प्राप्त भएको छ।

पर्यटन शीर्षकमा उपमहानगरपालिकाले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए। तर, उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पर्यटन विकास उपशाखासंग स्थानीय विभिन्न संघ संस्थाले तीन लाख पाँच हजार रुपैयाँको मात्र कार्यक्रमको सम्झौता गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्