Logo
Logo

चाहँदा नचाहँदै फेरि एकपटक द्वन्द्व : ‘प्रचण्ड’



काठमाडौं ।   नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नचाहँदा नचाहँदै फेरि एकपटक द्वन्द्व आउन सक्ने बताएका छन्। 

पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानले लेखेको ‘न्यायिक समिति : कार्यविधि र प्रक्रिया’ पुस्तक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

शान्ति प्रक्रियाको मर्म र भावना विपरित काम भइरहेको प्रति प्रश्न गर्दै प्रचण्डले यस्तो आक्रोश व्यक्त हुन्। ‘शान्ति सम्झौताको मर्म र भावना विपरित पुलिसले मुद्दा अगाडि बढाउने काम सुरु गरेको छ’, प्रचण्डले भने, ‘यदि हामीले शान्ति सम्झौतामा जे प्रतिज्ञा गर्यौँ र संविधानसभाबाट संविधान बनाउँदा जे जति अधिकार प्रत्यायोजन गर्ने कुरा गर्यौँ त्यो कुरालाई इमान्दारिताका साथ लागू गरिएन भने फेरि एक पटक हामीले नचाहँदा नचाहँदै द्वन्द्व आउन सक्छ।’ 

प्रचण्डले त्यो द्वन्द्वलाई नेपालले धान्न नसक्ने बताएका छन्।  ‘कल्पना गर्नुहोस्, त्यो भयानक हुनेछ’, उनले प्रश्न गरे, ‘अबको नेपालले त्यसलाई धान्न सक्छ त ?’ 

उनले पुरानै शैलीमा भ्रष्टाचार बढ्दै गए मधेस र पहाडमा नयाँ ढंगको विकराल स्थिति सिर्जना हुने दाबी गरे। आफूहरुले पुरानो संरचना, कार्यशैली र भ्रष्टाचारको रोगलाई निधान गर्ने परिकल्पना गरे पनि त्यो नभएको उनको भनाइ छ। 

‘हामीले  पुरानो संस्कृति पुरानो संरचना, पुरानो कार्यशैली र भ्रष्टाचारको पुरानै रोगलाई निधान गर्ने परिकल्पना गरेका थियौं’, प्रचण्डले भने, ‘तर, फेरि उस्तै जतासुकै भयो भने हामीले नगरे पनि हामी जहाँ छौँ त्यही उभिदा उभिदै देशमा,  मधेसमा एउटा ढंगले र पहाडमा अर्को ढंगको विकराल स्थिति सिर्जना हुनसक्छ।’  

अब सिर्जना हुने विकराल स्थितिलाई फेरि १२ बुँदे सम्झौता र शान्ति प्रक्रियाजस्तै गरी सहज निकास दिन नसकिने उनको भनाइ छ। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका