Logo
०८ असार २०७८
(Tuesday 22nd June 2021)

संविधान संशोधन प्रस्तावको विपक्षमा सैन्य अधिकारी



म्यानमार : म्यान्मारको संसद्मा सैन्य प्रतिनिधित्व कटौती गर्ने सम्बन्धी संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। नेतृ आङसाङ सुकी नेतृत्वको सत्तारुढ पार्टी नेशनल लिग फर डेमोक्रेसीले संसद्मा सैन्य शक्ति कटौती गर्ने प्रस्ताव संसद्मा पेस गरेको हो।

सुकीको पार्टी सत्ता आएपछि त्यहाँको सैनिक र सत्तारुढ दलबीच दुरी बढ्दै गएको यो पछिल्लो घटना हो।

योसँगै म्यानमारमा त्यहाँको सैनिक र सत्तारुढ द

लबीच दुरी बढ्दै गएको छ। म्यानमारमा रोहिंग्या समुदायमाथि सैन्य दमनको विषयलाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट दबाब झेलिरहेका बेला सरकारले यस्तो कदम जारी गरेको हो।

म्यानमारको संविधान त्यहाँको सैनिक शासकले लागु गरेको हो। यो संविधानलाई संशोधन गर्ने प्रस्तावको विरोधमा म्यानमारको संसद्मा रहेका सैन्य प्रतिनिधिहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्