Logo
१६ फाल्गुण २०७७
(Sunday 28th February 2021)

एक धार्मिक पर्यटकीय केन्द्र



बौद्ध धर्मका प्रमुख धर्मगुरु शरण्यरत्न ठुल्सिक रिन्पोछे (ङवाङ छोकी लोटो) ञिङ्मापा सम्प्रदायको ३१औं निर्माणकाय (अवतार) को रूपमा वि.सं. १९८०÷०६÷२५ गते तिब्बतको यम्डोक ल्हो ताक्लुङ भन्ने ठाउँमा जन्मिएका थिए । क्याप्जे (शरण्यरत्न) ठुल्सिक रिन्पोछेको पिता लिच्छवी वंशका तेन्जिन छोदर र माता ज्याम्याङ वाङ्मो चाङ्पा न्यारेप्पा हुन् । तिब्बती  बौद्ध धर्मगुरु ओनरेपाले साधना गरेको गुफाभित्र ठुल्सिक रिन्पोछेको जन्म भएको थियो । 

क्याप्जे ठुल्सिक रिन्पोछे चार वर्षको हुँदा जाटुल रिन्पोछेको निमन्त्रणामा तिब्बतस्थित ला तो सेल्कार जिल्लाको जारोङफु भन्ने स्थानमा पुगी जाटुल रिन्पोछेलाई भेटेर पूर्वजन्मबारे भन्न थालिसकेपछि ठुल्सिक दोङालिङपाका शिष्य जाटुल रिन्पोछेले आफ्नै गुरुको अवतार हो भन्ने पहिचान गरे ।

ठुल्सिक रिन्पोछे चार वर्षको हुँदा नै जाटुल रिम्पोछेद्वारा उनलाई अवतारीको रूपमा लिई ङवाङ दोङग तेन्जिन पालसाङपो नामकरण गरियो । बाह्र वर्षको उमेरमा क्याप्जे ठुल्सिक रिन्पोछेलाई धर्म गद्दी आरोहण गराउनुका साथै   जाटुल रिन्पोछेबाट प्रतिमोक्ष बोधिसत्व र मन्त्रसम्बन्धी विशेष शिक्षा दिइयो । त्यसपछिलगतै तिब्बतस्थित जारोङ दोङ क्ष्योलिङ गुम्बाको उपाध्याय (खेन्पो) मा नियुक्त गरियो । 

प्रतिक्रिया दिनुहोस्