Logo
Logo

‘बोली चिप्लिएको हो’ कसरी भने प्रधानमन्त्रीले ?



दिनेश रेग्मी

काठमाडौँ । भेनेजुएला प्रकरणमा नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो विज्ञप्ती सार्थक रहेकोमा जोड दिएका छन् । उनले आफ्नो विज्ञप्तीमा स्वतन्त्र सार्वभौम सत्ता सम्पन्न राष्ट्रमा बाह्य हस्तक्षेप नहोस् भन्ने आसय रहेको र यसरी जारी गरेको विज्ञप्तीमा आफु अडिग रहेकोमा जोड दिएका हुन् ।

प्रचण्डको विज्ञप्तीलाई लिएर असन्तुष्ट देखिएका अमेरिकी राजदूतसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्तीमा प्रचण्डको शब्द चिप्लिएको भन्दै सकारात्कतातिर मोडेका थिए । तर अध्यक्ष प्रचण्डले त्यसको खण्डन गर्दै आफुले जारी गरेको विज्ञप्ती कै स्पिरिटमा परराष्ट्रबाट पनि वक्तव्य जारी थियो भन्दै आफ्नो वक्तव्यमा बोली नचिप्लिएको आशय दिएका हुन् ।

उनले भने ‘मंगलबारको सचिवालय बैठलेसमेत हस्तक्षेपको विरोधमा वक्तव्य जारी गरिसकेको छ । यसमा व्यक्तिको भनाइले केही अर्थ राख्दैन,’ । बिहीवार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तुको विजयनगर गाउँपालिका–४ शङ्करपुरका गाउँका ४० वर्षीय राधे कार्कीले आफ्नो खेतमा यस वर्ष गहुँ

पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका