Logo
Logo

विद्यालयका विद्यार्थी बेहोस पठनपाठन नै बन्द



रोल्पा नगरपालिका २ को एक विद्यालयका विद्यार्थी बेहोस हुने क्रम बढ्न थालेपछि केही दिनका लागि विद्यालयको पठनपाठन नै बन्द गरिएको छ । सदरमुकाम लिवाङमा रहेको पिताराज आधारभूत विद्यालय रेउघाका विद्यार्थी विद्यालय समयमा काप्ने, मुर्छा पर्ने, चिच्याउने तथा रुने कराउने गर्न थालेपछि विद्यालय नै बन्द  गरिएको हो ।


विगत एक महिना यतादेखि विद्यार्थीहरुमा उक्त समस्या देखिन थालेको विद्यालयले जनाएको छ । शुरुमा कक्षा ७ का छात्राहरुमा यो समस्या देखियो– विद्यालयका प्रधानाध्यापक लिला आचार्यले भनिन्, पछि दैनिक ५÷६ जना विरामी पर्न थाले पछि सामान्य तनाव व्यवस्थापनको कक्षा सञ्चालन पनि गरियो तर समस्या हल भएन ।


समस्या हल हुनुको साटो वृद्धी भई दैनिक १५/२० जना विरामी पर्न थाले संगै विद्यालय वन्द गर्न वाध्य भएका हौ प्रधानाध्यापक  आचार्यले बताइन् । 
विरामीका अभिभावक तथा अन्य अभिभावकले समेत केही दिनका लागि विद्यालय बन्द गर्न आग्रह गरेकाले माघ २२ देखि २५ गते सम्म विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल सनातन धर्म संस्कृति संगठनको महाधिवेशन पछिको केन्द्रीय समितिको प्रथम पुर्ण बैठक आगामी पौष

काठमाण्डौं । नेपाली काँग्रेसको खस आर्य तर्फका उम्मेदवार चिरन्जीवि थापाले मन, मत र अभिमतका

काठमाण्डौं ।  प्रख्यात पर्यटन ब्यवसायी आङछिरिङ शेर्पाले नेपाली काँग्रेसको केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका

काठमाण्डौं । आगामी नयाँ नेतृत्वका लागि नेपाली काँग्रेसका नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने

काठमाण्डौं । नेपाल अटोमोवाइल एसोसिएसनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी यमुना श्रेष्ठको संभावना बलियो देखिएको