Logo
Logo

सामुदायिक विद्यालयमा स्वयंसेवक शिक्षक



कपिलवस्तुको शिवराज नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुमा स्वयम्सेवक शिक्षक परिचालन गरिएको छ । नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थामा सुधार ल्याउन नगरपालिकाद्वारा स्वयम्सेवक शिक्षक परिचालन गरिएको हो ।

नगरपालिका शिक्षा शाखामार्फत प्रावि, निमावि र मावि तीनै तहका लागि विज्ञापनमार्फत सम्पूर्ण प्रक्रिया पूरा गरी ४७ जना शिक्षक नियुक्त गरी विद्यालयमा खटाइएको शिक्षा शाखा प्रमुख पूर्णबहादुर विश्वकर्माले जानकारी दिए । ‘प्रावितर्फ  २३, निमावितर्फ २१ र मावितर्फ ३ जना स्वयम्सेवक शिक्षक विद्यालयमा परिचालन भएका छन्’ –शिक्षा शाखा प्रमुख विश्वकर्माले भने ।

दुई चरणमा विज्ञापन गरी ती शिक्षकहरुलाई छनौट गरिएको उनले बताए । ‘पहिलो चरणमा १२ प्रावि, १८ निमावि र १ मावि गरी कूल ३१ पदका लागि विज्ञापन गरिएको थियो । तर निमावितर्फ विज्ञानमा ५ र मावितर्फ विज्ञापनमा १ पदमा कुनै पनि दरखास्त परेन ।’

विश्वकर्माका अनुसार दोस्रो चरणमा प्रावि तहमा ११, निमावि तहमा पहिलेको ५सहित ८ र माविमा १ सहित ३ पद गरी कुल २२ पदका लागि शिक्षक विज्ञापन गरिएको थियो । सोही विज्ञापनबाट छनौट भएका शिक्षकहरुलाई सामुदायिक विद्यालयमा पठाइएको विश्वकर्माले जनाए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?