Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

अभिनेत्री आश्मा गिरीको पहिलो प्रतिक्रिया



स्वास्थ्यसम्बन्धी कुरा गर्न आग्रह गरेपछि अभिनेत्री आश्मा गिरीको पहिलो प्रतिक्रिया थियो यो। न्यून रक्तचापबाट आफूलाई बेलाबेलामा समस्या उत्पन्न हुने विषय भने लुकाउन सकिनन् उनले। 

सुनाइन्, ‘म आफूलाई जहिल्लै स्वस्थ रहेको महसुस गर्छु। बाबा–ममीले बेलाबेलामा भन्नुहुन्छ, म शिशु अवस्थामा अलि रोगी थिएँ रे, तर अहिले तन्दुरुस्त छु। अहिले शारीरिक र मानसिक रुपमा ठिकठाक भए पनि न्यून रक्तचापका कारण भने कहिलेकाहिं चिन्तित हुने गरेकी छु।’ यही समस्याका कारण आश्मा चकलेट, नरिवललगायतका ग्लुकोजयुक्त खानेकुरा बोकेर हिँड्छिन्।

सन् २०१६ मा भएको ‘मिस टिन’ प्रतियोगितासँगै मोडलिङ र अभिनय यात्रा प्रारम्भ गरेकी आश्मा यतिबेला फिल्म ‘ड्रिम गर्ल’ मार्फत दर्शकमाझ आउने तयारीमा छन्। ‘ड्रिम गर्ल’ ठूलो पर्दाको फिल्मका लागि उनको डेव्यू अभिनय पनि हो। यो फिल्ममा आश्माले अभिनेता अकाश श्रेष्ठसँग स्क्रिन सेयर गरेकी छन्। यसअघि उनी विभिन्न ‘म्युजिक भिडियो’मा देखापरेकी थिइन्।

धनुषाको महेन्द्रनगरमा जन्मिएर कक्षा ७ सम्म उतै अध्ययन गरेकी आश्माको बसाइ त्यसयता काठमाडौंमै छ। बाबा–आमाको सपना थियो, आश्मालाई डाक्टर बनाउने। तर, उनी ब्याचरल इन सोसल वर्क अध्ययनरत छिन्। 

औपचारिक अध्ययनका सम्बन्धमा आश्माका केही रोचक किस्सा छन्, जसले उनलाई यतिबेला दुःखी बनाएको छ। भन्छिन्, ‘औपचारिक अध्ययनको क्रममा विज्ञान संकायमा +२ सकेर बाबा–आमाको सपना पूरा गर्न म भारतको म्याङलोर पुगेँ। डा एमभी सेठ्ठी कलेज अफ फिजियोथेरापीमा ३ वर्ष अध्ययनपछि म पुनः नेपाल नै फर्किएँ।

५ वर्षको कोर्ष मैले ३ वर्षमात्र पढेर छोडेँ,’ उनले थपिन्, ‘यस विषयले मलाई समयसमयमा घोचिरहन्छ। किनकि मैले अवसर पाएर पनि पूरा गर्न सकिनँ।’ तर, अभिनय क्षेत्रमा पाएको साथ, सहयोग र चर्चाले भने पुराना कुरालाई बिर्साइरहेको उनले बताइन्। ‘मेरो रोजाइ र चाहनाको कम गर्न पाइरहेको छु। यसबाट म निकै खुसी र सन्तुष्ट छु,’ आश्माले सन्तुष्टि पोखिन्। 

प्रतिक्रिया दिनुहोस्