सरकार कमजोर रहेको सिंहको दाबी
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार डरपोक सरकार भएको आरोप लगाएका छन् । नेपाली काग्रेस बुटवल उपमहानगरपालीकाकले पार्टी कार्यलयमा बनाएको गणेशमान सिंहको अर्धकदको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले बर्तमान सरकार बहुमतको भए पनि इतीहासकै डरपोक भएको आरोप लगाएका छन् ।
कांग्रेसका पूर्व महामन्त्री समेत रहेका सिंहले प्रधानमन्त्रीको रोदन र गुनासोले बर्तमान सरकार कमजोर प्रमाणीत भएको दावी गरे ।