Logo
२९ बैसाख २०७८
(Wednesday 12th May 2021)

महान्यायाधिवक्ताका कर्मचारीलाई सात करोड प्रोत्साहन भत्ता



सरकारले महान्यायाधिवक्ताको कार्यलय र अन्तरगतका निकायका कर्मचारीलाई एकै महिनामा ७ करोड रुपैया अत्तिरिक्त भत्ता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले चार किस्तामा उक्त रकम उपलब्ध गराएको हो । अथृले गत जेठ महिनामा मात्र महान्यायाधिवक्ताको कार्यलय र अन्तरगतका निकायका कर्मचारीले अतिरिक्त समय काम गरेवापत प्रोत्साहन भत्ता स्वरुप कुल ६ करोड ७३ लाख २ हजार रुपैया उपलब्ध गराएको छ । अर्थले सुरुमा तलब स्केलको ५० प्रतिसतसम्म प्रोत्साहन वापत उपलब्ध गराएको हो ।
महान्यायाधिवक्तको कार्यलयका कर्मचारीलाई करिब ७ करोड रुपैया प्रोत्सहन भत्ता दिने निर्णय गत २१ माघको मन्त्रीपरिषद बैठकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्