मुग्लीन नारायणगढ सडक खण्डमा प्रहरी टोली परिचालन
मुग्लीन नारायणगढ सडक खण्डमा जाने पहिरो बटाउन चितवन प्रहरीले डोजर सहितको प्रहरी टोली परिचालन गरिएको छ । बर्ष सुरु भएकसंगै पहिरो गएर घन्टौ सडक अवरुद्ध भइरहने हुनाले आपतकालीन अवस्थामा पहिरो हटाउन डोजर सहित प्रहरी परिचालन गरिएको छ । पाचँ जनाको टोली बनाएर दुइ टोली खटाइएको छ । कतै दुर्घटना भए यही टोलीले उद्धार गर्ने छ ।