Logo
१० असार २०७८
(Thursday 24th June 2021)

भगवती भन्छिन्, ‘ हारले आत्तीएकी छैन । अझ बढी मिहेनत गर्ने दृढता पलाएको छ । ’



भारतमा भएको मिक्स मार्सल आर्टमा नेपालकी भगवती माझीले पराजयको सामना गरेकी छिन् । भारतकी दुर्गादाससंग भएको भिडन्तमा भगवती २–१ ले पराजित भइन् । पराजित उनले १० हजार भारतीय रुपैया पाएकी छिन् । विजयी दुर्गादासले २० हजार भारतीय रुपैया पाइन् । बहु प्रतिभासाल िभगवती साम्बो , कुराँस र रिङ रेस्लीङकी परिचित खेलाडी हुन् । उनले यी खेलहरुमा रहदा वितगमा एसियाली तहमै सफलता पाइसकेकी छिन् ।।
एकदमै प्रतिस्पर्धात्मक खेलमा भएको यो हारका बाबजुद भगवती आगामी दिनमा राम्रो सफलात पाउने कुरामा आशाबादी देखिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्