
बेइजिङ । चिनियाँ किशोरले खाने समयलाई पर्याप्त समय दिने गरेका पाइएको छ। उनीहरुले दैनिक एक घन्टा ४४ मिनेट खानका लागि बिताउने गरेको राष्ट्रिय तथ्याङ्क विभागले शुक्रबार जनाएको छ।
नागरिकहरुको दैनिकी सम्बन्धमा गरिएको सर्वेक्षणको नतिजामा सर्वेक्षणकर्ताहरुले ग्रामीण तथा सहरी क्षेत्रका गरी ४८ हजार ५८० जनालाई उनीहरूको दैनिकी तथा बानीका बारेमा सोधेका थिए।
सर्वेक्षणमा सहभागीहरु १५ वर्षका थिए। सन् २०१८ मा गरिएको सर्वेक्षणमा देशका ११ प्रदेशका किशोर सहभागी भएका थिए।
सर्वेक्षणका अनुसार औसतमा हरेक चिनियाँ दैनिक ९ घन्टा १९ मिनेट सुत्ने गरेको पाइएको छ। त्यसैगरी उनीहरुले पैसा कमाउने काममा चार घन्टा २४ मिनेट औसतमा काम गर्ने गरेका अध्ययनले देखाएको छ।
चिनियाँ नागरिकहरुको सामाजिक काममा सम्लग्न हुने समय भने निकै कम देखिएको छ। दैनिक २४ मिनेट मात्रै उनीहरु सामाजिक काममा समय बिताउने गरेका छन्।
सर्वेक्षणमा सहभागीहरुले शारीरिक सम्बन्धका लागि दिने समय, पैसा लिने र नलिने कामका लागि बिताउने समयको पनि सर्वेक्षणकर्ताहरुले विवरण लिएका छन्।