
बाग्लुङ बरेङमा शनीबार बिहान जिप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । बरेङ देखि बाग्लुङ बजारका लागि छुटेको ध१ज ४११ नम्बरको जिप बरेङमा दुर्घटना हुदाँ बरेङ गाउँपालीका तीन नया बजारकी ७५ बर्षीया विष्णुमाया खत्रीको मृत्यु भएको हो । रोकी राखेको जिप अचानक गुडेर पल्टिदा खत्रीको मृत्यु भएको हो भने अर्का एकजान घाइते भएका छन् । जिप सुदला चोकमा राखेर चालक हिरा काउचा यात्रु बोलाउन जादाँ जिप दुर्घटना भएको हो ।