Logo
१५ मंसिर २०७७
(Monday 30th November 2020)

सर्वोच्चले सोध्यो, ‘सांसदलाई ६ करोड किन दिने ? ’



सर्वोच्च अदालतले निर्वाचन क्षेत्रको विकासका लागि सांसदलाई ६ करोड दिने निर्णय किन गरेको भनेर सरकारलाई सोधेको छ । अधिवक्ता पारसमणी भट्टराईले दायर गरेको रिटमा पहिलो सनुवाइ गर्दै प्रधानन्यायाधीष चोलेन्द्र शमसेर राणा नेतृत्वको संवैधानीक इजलासले सरकारलाई लिखित जवाफ दिन आदेश दिएको हो । इजलासमा न्यायाधीश दिपक कुमार कार्की, केदार प्रसाद चालीसे, मिरा खड्का र हरिकृष्ण कार्की छन् ।
निर्वाचन क्षेत्रको विकास गर्न भन्दै सांसदलाई छुट्याइएको बजेट संविधान विपरित भएकाले बजेटबाट हटाउन माग गर्दै पारसमणी भट्टराइले रिट दायर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्