Logo
२० मंसिर २०७७
(Saturday 5th December 2020)

‘ प्राविधिक ज्ञान नभएकाले चलाएसम्म पैसा बाडेको भरमा खेलकुद विकास हुदैन,’डंगोल




स्वयम्भु राज डंगोल, नेपाली खेलकुद र राजनिती दुवै विषयमा उत्तिकै परिचित नाम । नेपालको वामपन्थी राजनिती र यो निकट युवा संगठनमा महत्वपूर्ण पहिचान बनाइसकेका स्वयम्भु नेपाली खेलकर्मीका माझ पनि त्यत्तिकै परिचित छन् । नेपाली मार्सल आर्टको विकासमा उनको त्यत्तिकै लगानी पनि छ । तीनै डंगोलसंग समसामयीक नेपाली खेलकुदका बारे गरिएको कुराकानीको सार संक्षेप
पछिल्लो समय नेपाली खेलकुदमा नयाँ सदस्य सचिवको चर्चा भइरहेको छ । भर्खरै पदावधी सकिएका सदस्यसचिवलाई नै दोह¥याउने हल्ला पनि छ । तपाइलाई के लाग्छ ?
एकदुइ वटा ठूला काम सम्पन्न गरेकाले उहाँलाई सफल मानीन्छ । तरपनि, यस विचमा नयाँ काम भएको छैन । खेलकुद भनेको एउटा विषय हो, यहाँ प्रतियोगिता भइरहनु पर्छ र बैज्ञानीक तवरले प्रशिक्षण पनि हुनु पर्छ । यो चार बर्षमा त्यो हुन सकेन । अन्तराष्ट्रिय रुपमा अपेक्षाकृत परिणाम प्राप्त भएन । सागको तयारी सुरु भएको छ । यो पनि बैज्ञानीक छैन । त्यो त सागकै नतीजाले प्रस्ट पार्छ । खेलकुदमा गर्नु पर्ने धेरै छ । यहाँ एउटा गिरोह छ, त्यसले कसैलाई अघि बढ्न दिदैन । नेपाली खेलकुदको यो गिरोहवादी परम्परा धेरै अघि देखि थियो । अहिले पदावधी सकिएका सदस्य सचिवले यसलाई ताड्नु सक्नु भएन ।आफू त्यसै अनुसार चल्नु भयो ।
यस विचमा खेलकुदमा अनुत्पादक काममा खर्च भयो भन्ने छ नी हो ?
मेरो आपत्ति के हो भने खेलकुद प्राबिधिक विषय हो । मैले पनि विदशको अध्ययन गर्ने अवसर पाएको छु । जस्तो अस्ट्रेलियको खेलकुद अस्ट्रेलियन इन्सटिच्युट अफ स्पोर्ट्स ( एआइएस) खेलकुदको कार्यकारी निकाय हो । त्यो भन्दा माथि ओलम्पिक कमिटी रहेको छ । एआइएसमा आवद्ध आठ जनाले त्यहाँको खेलकुद चलेको छ । यहाँ अरु हजारौ प्राविधिक छन् । बैज्ञानीक छन्, र मेनेजर छन् । हामीकहाँ जम्मा ४ सय प्रशिक्षक छन् । ८ सय प्रशाषनीक कर्मचारी । राज्यले दिएको पैसा कत्ति उत्पादनमुलक र कत्ति अनुत्पादक भन्ने त यसैले पनि प्रस्ट पारेको छ । जसले मरेर काम गरेको छ त्यो अझै करारमा छन् । जसको सरकार भयो उही दलले करारमा भर्ती गर्ने कार्यकर्ता भर्ती केन्द्र पनि बनाइयो । । नेपालमा जत्तिको सघ अन्त कही छैन । २ सय ४० संघ नाघेको छ । कुन संघलाई कत्ति पैसा कसरी दिने भन्ने मापदण्ड छैन । माग्न आएको समयमा दिनेको मुडमै सवै भर पर्ने हो । ैले नेपाल मार्सल आर्ट महासंघको नेतृत्व गरे । हामीले वार्षिक पाँच लाख रुपैया पाउन कठिन थियो । अर्को कुनै महासंघले ५ करोड सम्म पाए होलान् । खेलकुद भेदभावबिहन हुनु पर्ने सवैभन्दा बढी भेदभाव यही छ । बजेट वितरणको आउटपुट परिषद्ले खोजेन । पैसा छर्दैमा खेलकुदको विकास हुदैन । यसलाइ नियनत्रण गर्न जरुरी छ । खेलकुद प्रशासनीक प्रतिस्ठान भन्दा पनि प्राविधिक प्रतिस्ठान हो । यो नबुझेको कारण धेरै समस्या भएको छ ।
आयोग बनाउने , छानबिन र अध्ययन भन्ने , भ्रमण आदेश भर्ने र पचाउने यो क्रम पनि धेरै भएको होइन र ?
एउटा निश्चित योजना नभइ त्यसरी गरिएका भ्रमण स्वभाविक रुपमा प्रत्युत्पादक हुन्छ । त्यसरी गरिने खर्चको परिणाम खेलकुदले सोच्नु पर्छ । अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि हुन आत्म निर्भर छैनौ । तर, कुन प्रतियोगितामा किन भाग लिने र खर्च गरिए अनुसार परिणाम के भन्न पनि सोच्नै पर्ने हो ।
नेपालगञ्जमा हुने राष्ट्रिय खेलकुदको नाममा अनेक बहाना बनाएर बारम्बार जम्बो टोली बनाउने र भ्रमण गर्ने पैसा सक्ने यो आर्थिक दुरुपयोग नै होइन र ?
पैसै खानका लागि बारम्बार भ्रमण गर्ने र भत्ता मात्र पचाउने नियत साच्चै खराब हो । । काठमाडौ भन्दा वाहिर राष्ट्रिय खेलकदको आयोजान एउटा चुनौती पनि थियो । तर, खर्च कम गर्न त्यहीँको खेलकुद विकास समितीलाई जिम्मा दिदाँ राम्रो हुन्थ्यो ।
चार बर्षमा सबैभन्दा धेरै विदेश भ्रमण गर्ने सदस्य सचिवको रुपमा पनि केशब विष्टको चर्चा छ । यसवाट नेपाली खेलकुदले के पायो ?
स्वभाविक रुपमा अहिले यो प्रश्न धेरैले उठाउछन् । यस्तो प्रथालाइ राज्यले पनि रोक्नु पर्छ । सदस्य सचिव जस्तो मान्छेले पोखेरा, वर्दीयामा गएर उद्घाटन गर्ने त भएन । आइओसी , स्पोर्ट्स फर अल जस्ता नितीगत कुरा हुने ठाउँमा राज्यको प्रतिनिधत्व गर्नु राम्रै हो । कसैले भ्रमण गर्न बोलाएको भरमा गइ हाल्ने प्रबृती त ठिक होइन । सबैभन्दा बढी विदेश भ्रमण गर्ने सदसय सचिवको रुपमा यहाँको जुन चर्चा छ त्यो त राम्रो होइन । भ्रमण नै गर्नु नराम्रो होइन । तर, त्योवाट नेपाली खेलकुदले केही पाएको छकी छैन ? त्यो पाएको देखिएन ।
चार बर्षको हिसावकिताव सार्वजनिक नगरी उहाँले फेरी सदस्य सचिव दावी गर्न मिल्छ ?
उहाँले झीना मसीना फेहरिस्तनै तयार गरेर स्वेत पत्र नै तयार गर्नु पर्छ । राष्ट्रिय खेलकुद परिषद्को हर हिसाव प्रस्ट छैन भने उहाँका लागि त झनै राम्रो होइन । उहाँले त्यो फेहरिस्त सार्वजनिक नगरी सदस्य सचिवदावी गर्ने कुनै आधार नै छैन । उहाँले त्यो श्वेतपत्र जारी गर्नै पर्छ ।
अली धेरै रकम भएका जिल्ला खेलकुद विकास समिती, त्यहाँका अध्यक्ष र कर्मचारी सहित निमार्णको नाममा रकम हिनामिना भएको गाइगुइ सुन्नु भएको छ ?
सम्पूर्ण नेपाली खेलाडी तथा प्रशिक्षकको साझा सस्थामा पनि म आवद्ध छु । यो हामीले पनि खोज्नु पर्ने विषय हो । खेलकुद परिषद्ले गरेका काम हामी अगाडी ल्याउछौ । जहाँसम्म अन्य जिल्ला खेलकुद समितीसंग मिलेको भन्ने शंका छ मैले अन्य सस्थामा पनि उहाँसंग काम गरेको छु । मैले चिनेको र बुझेको अनुसार उहाँले एक दुइ लाख भ्रस्टाचार गरेको जस्तो लाग्दैन । ठूला रकमका मामलामा त राज्यले छनविन गर्नु पर्छ ।

तपाइले केही महिना अघि सदस्यसचिव बन्ने योग्यताका विषयमा फेसबुकमा पोस्ट गर्नु भएको कुरा धेरै चर्चामा थियो । यसको आशय चाँही के हो ?
मैले व्यक्तिगत रुपमा लागेको कुरा मेरो स्ट्याटसमा पोस्ट गरे पनि नेपालको वर्तमान खेलकुदको कुरा त्यही हो । कुनै खेल सम्बन्धी नियम नै थाहा नभएको व्यक्ति सदस्य सचिव हुदाँको पिडा हामीले धेरै भोगेका छौ । । नेपालको खेलकुद मन्त्रीले बास्केटबललाई ह्यान्डबल भनेर सम्बोधन गरेको पनि सुनियो । खेलकुदको ज्ञान नै नहुनेहरु राजनितीक आस्था र राजनितीक पहँुचका आधारमा आउछु भनेर हुन्छ ? यो प्राविधिक विषय हो । पार्टीले राजनितीक भागबन्डा गर्ने बहानामा जसरी गर्दै आएको छ, त्यो गलत छ ।
केही कुरामा शक्तिको दुरुपयोग गरे पनि शरद् चन्द्र शाहका पालामा खेलकुदको स्तर थियो । अहिले आएर क्रमशः त्यो घट्दै गयो । २१ औ शताब्दी अनुसार खेलकुदलाई परिस्कृत र परिमार्जन गरेर अगाडी बढाउनका लागि त्यही अनुसार योग्यता र क्षमता त चाहीन्छ । अब आउने खेलकुदको नृतत्व योग्यता ,क्षमता र दक्षता भएको हुनु पर्छ ।
कमसेकम दुइ वटा राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेको या एउटा अन्तराष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका तथा राष्ट्रिय वा अन्तराष्ट्रिय प्रतियोगितामा कम्तीमा एउटा स्वर्ण दुइ रजत या तीन काश्य मध्य कुनै जितको हुनु प¥यो । अन्यथा विशुद्ध प्राबिधिक व्यक्ति चाहीयो । लगायत विषय हो । अझ मानसिक र शारिरिक रुपले स्वस्थ व्यक्ति चाहीयो ।
तपाइ आफूलाई योग्य ठान्नुको कारण होला नी ?
पहिलो कुरा त राजनितीक नियक्ती भनेको सत्तारुढ दलको राजनितीक मोर्चामा आवद्ध र सम्बन्धीत विषयको ज्ञाता हुने हो । ममा यो दुवै योग्यता छ । मैले खेलाडीको रुपमा ३३ बर्ष विताए । म मार्सल आर्टको पाचौ डान हुँ । मिक्समार्सल आर्टको नेपालको मुख्य प्रशिक्षकको रुपमा जिम्मेवारी पुरा गरे । नेपाल बाहीर रहेका नेपालीलाइ नेपाली खेलकुदको मुलधारमा ल्याउनु पर्छ भन्ने मुद्धा थियो । यही मुद्धालाई सस्थागत गर्दै म, मुकेश बरुवाल र रवी शाहीको संयोजनमा हामी मुलधारमा प्रबेश गरेका छौ । यत्तिखेर नेपाल बाहीर रहेपनि नेपालमा योगदान गर्न चाहने खेलकर्मीलाई मुलधारमा ल्याउन हामी सफल भयौ ।
जहाँसम्म राजनितीक यात्राको कुरा छ, ०४१ सालमा तत्कालीन माले निकट अनेरास्ववियु( पाचांै) मा आवद्ध हुदै निरन्तर राजनितीमा छु । दुइ कार्यकाल युवा संघमा रहे, सचिवालय सदस्यको रुपमा । म भन्दा संगठनमा पनि धेरै कनिष्ठ र सम्बन्धीत विषयमा कुनै जानकारी नै नभएकाहरुलाई पनि परिषद्को कार्यकारी मानी सकियो । अव यही परम्परा कत्ति रहने ? सदस्य सचिवको चाहना गर्ने सवै जना खुला स्थानमा वहस गरौ न त, खेलकुदको निती बारेमा म तयार छु । अनी राजनितीक पृष्ठभुमि पनि हेरियोस । आफ्नो चाकडी गर्ने मध्य कुनै एकलाई परिषद्को नेतृत्व दिनु पर्छ भन्ने जुन मान्यता रह्यो यो नै गलत हो ।
मसंग नेपालको खेलकुदलाइ निश्चित अवधीभित्र कायापलट गर्ने योजना छ । यसकारण पनि म योग्य हुँ ।

प्रतिक्रिया दिनुहोस्