Logo
२३ फाल्गुण २०७७
(Sunday 7th March 2021)

तीन दिनभित्र रकम दावी गर्न आग्रह



मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार,मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दावी गर्न आग्रह गरेको छ । बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दावी गरी कार्यदललाइृ बुझाउन आग्रह गरेको छ । मेलम्ची खानेपान िआयोजनाको काम इटालियन कम्पनी सिएमसीले छाडे पछि बााकी रकमको माग गर्दै आन्दोलन गरिरहेकालाई तीन दिनभित्र आधीकारीक प्रमाण सहित आफ्नो भुक्तानी लिन बाकीँ रकम दावी गरी कार्यदललाइृ बुझाउन आग्रह गरेको छ ।
मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेका कम्पनीलाई यस अघि फर्काइदिएका स्थानीय ठेकेदारले गत सोमबार बसेको बैठकमा दुइ बुदेँ सहमती पछि काम सञ्चालन गर्न दिने सहमती भएको थियो । सिनधुपालचोकका प्रमुअ जिल्ला अधीकारी गोमादेवी चेम्जोङको अगुवाइमा मेलम्चीमा भएको सरोकारवालाको बैठकमा सो सहमती जुटेको हो । २१ असार भित्र माग सम्बोधन हुने गरी सुनुवाइ नभए फेरी पनि आयोजनाको काममा अबरोध गर्ने स्थानीय संघंर्ष समितिका अध्यक्ष उत्तर कुमार श्रेष्ठले वताए ।

प्रतिक्रिया दिनुहोस्