Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

गल्छी गाउँपालिका -६ चुर्लुम्म डुब्यो, सडक नदि जस्तै बन्यो



धादिङ । गल्छी गाउँपालिका -६ चुर्लुम्म डुबेको छ । माथिबाट झरेको हिलो र लेदोले पृथ्वीराजमार्ग पनि डुबेको छ । काठमाण्डौं छिर्ने मुख्य नाका पृथ्वीराजमार्गको गल्छीनाका डुब्दा सवारीसाधन आवातजावात प्रभावित भएको छ ।

राजमार्गको छेउछाउमा जथाभावी सडक खन्दा र नदिबाट वालुवा झिक्दा राजमार्ग डुबेको हो । बैरेनीबजारको दायँबायाँको सडक खण्डमा लेदोसहितको बाढि पस्दा सडक नदि जस्तै बनेको छ ।

निरन्तर वर्षाले सडक जलमग्न भएको छ । सवारी नै गुड्न नसक्ने गरी सडकमा लेदो जमेको छ । जस्का कारण सयौं सवारी साधन ओहोरदोहोरमा निकै समस्या भैरहेको गल्छी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्