Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

बजेट असमान भयो भन्दै तालाबन्दी



नेपाली कांग्रेसले जितेको वडामा कम बजेट दिएको भन्दै पोखरा नगरपालीकामा तालाबन्दी भएको छ । कांग्रेसबाट उम्मेदवार भइ विजयी भएका वडा अध्यक्षहरुले मेयर मान बहादुर जीसीले आफ्ना क्षेत्रमा मात्रै बजेट केन्द्रित गरेको आरोप लगाएका छन् । कांग्रेसले चुानब जितेको वडाबाट ८० प्रतिसत राजश्व उठ्ने भए पनि छानी छानी असमान व्यवहार गरेको आरोप आन्दोलनमा उत्रने वडा अध्यक्षहरुको छ ।
उनले कांग्रेसवाट चुनाब जितेको वडा अध्यक्षले रातो किताब च्यातेको स्वीकार गरेका छन् । कास्की क्षेत्र नम्बर दुइको उप निर्वाचनलाई लक्षित गदै बजेट ल्याइएको आरोप पनि कांग्रेस निकट वडा अध्यक्षहरुको छ । मेयर जीसीले भने बजेटमा असमान व्यवहार नगरेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्