Logo
१५ मंसिर २०७७
(Monday 30th November 2020)

नेता रावलले भने, ‘मन्त्री परिषदमा हेरेरका सम्बन्धमा पार्टी भित्र छलफल भएको छैन’



सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी(नेकपा)का नेता तथा सुदुरपश्चिम इन्चार्ज भिम रावलले मन्त्री परिषदमा हेरेरका सम्बन्धमा पार्टी भित्र छलफल नै नभएको बताएका छन् । नेकपा सुदुर पीश्चम प्रदेश कमिटीले कैलालीमा आयोजान गरेको पत्रकार सम्मेलनमा बोल्दै रावलले मन्त्री परिषदमा हेरफेर भन्दा पनि सरकारले गरेका कामका बारे समिक्षा गर्ने समय भएको बताए । उनले सम्बन्धीत सम्बन्धीत निकायमा मन्त्रालयगत रुपमा सकिक्षा गरेर हेफेर गर्ने या नगर्ने भन्ने निर्णय गर्नु पर्ने कुरमा जोड दिए ।
नेता रावलले पार्टीलाई एकताबद्ध बनाएर लैजान आबस्यक रहेको बताउदै बाकीँ एकताका कामले छिट्टै पूर्णता पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्