

सर्व साधारणलाई झुटो परिचय दिदै ठगी गर्ने एक जना महोत्तरीमा पक्राउ परेका छन् । आफूलाई राजी सेभिङ एन्ड कोअपरेटिभ सोसाइटी सस्थाको जनकपुर शाखा प्रबन्धक भएको बताउदै लाखौ ठगी गर्दै हिड्ने ४४ बर्षिय रमेश लम्साललाइ प्रहरीले बर्दीबासवाट पक्राउ गरेको हो ।
तेह्थुम जलजलेका स्थायी बासीन्दा लम्साल धरानमा बसोबास गर्दै आइरहेका छन् । लम्सासल बर्दीबास क्षेत्रका धेरैको जग्गा धितो राख्न लगाउदै ४८ लाख रुपैया भन्दा बढी ठगी गरेको प्रारम्भीक अनुसनधानवाट देखिएको प्रहरी श्रोतले जनाएको छ ।