Logo
१४ मंसिर २०७७
(Sunday 29th November 2020)

चट्याङ लागेर चार जनाको मृत्यु



प्रदेश नम्बर एकको छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर बुधबार चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । मोरङको रंगेली नगरपालीका दोहमना बजार छेउ चट्याङ लागेर सोही स्थानका १४ बर्षिय बालक अभत ऋषिदेव र १५ बर्षिय अनिल ऋषिदेवको मृत्यु भएको छ । दुवै वालकको उपचारको क्रममा रंगेली अस्पतालमा मृत्यु भएको हो । झापाको बाह्दशी गाउापालीकाका ६० बर्षिय परशुराम पाठक ओलीको मृत्यु भएको छ चट्याङ लागे पछि बिएन्डसी अस्पतालमा उपचार गर्दा गर्दै उनको मृत्यु भएको हो । त्यहँ घाइते भएका दुर्गा प्रसाद ओलीको उपचार भइरहेको छ ।
झापा कचनाकलन गाउँपालीकाकी ३१ वर्षिया भुमा गाइने घाइते भएकी छिन् । उनको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरी बराहानगरपालीकाका ६ बर्षिय बालक अभिषेक उराँवको घटनास्थलमै मृत्यु भएको छ भने ४ बर्षिया बालीका पुष्पा उराँउको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्