Logo
१३ असोज २०७७
(Tuesday 29th September 2020)

मेलम्ची खानेपानीः सीएमसीसँग ठेक्का तोडियो (विज्ञप्तिसहित)



काठमाडौं । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण जिम्मा लिएको इटालियन कम्पनी सीएमसी नफर्किने भएपछि सरकारले ठेक्का तोड्ने भएको छ । सीएमसीलाई १४ दिनभित्र कामका फर्किने/नफर्किने जवाफ मागेको खानेपानी मन्त्रालयले उसको जवाफ कुरेको थियो । सीएमसीबाट कुनै प्रतिक्रिया आएन ।

अन्ततः सरकारले सीएमसीसँग ठेक्का रद्द गरी मेलम्चीको आगामी कमलाई निरन्तरता दिने खानेपानी मन्त्रालयले निकालेको विज्ञप्तिमा भनिएको छ । आयोजना समयमै सम्पन्न गर्न सरकारसँग विकल्पको बाटो खोज्ने मन्त्रालयले जनाएको छ । निर्माण कार्यलाई छरितो ढंगले अगाडि बढाउन प्रक्रिया शुरु भएको खानेपानी मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्