Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

राखेप सदस्य सचिव विष्टसँग चार बर्षको हिसाव देखाउने छ त ल्यागत ?



काठमाण्डौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशब विष्टको कार्यकाल सकिएको छ । स्वभाविक रुपमा यो कार्यकालको समिक्षा गर्नै पर्ने हुन्छ । सेपाताक्रो खेलको विवादका साथ सुरु भएको सदस्य सचिवको यो यात्रा उसु संघलाई क्षतविक्षत पारेर सकिएको छ ।

सर्वप्रथम त विष्ट सदस्य सचिव हुनु अगावै विवादमा नरहेका होइनन् । एसियाडमा उनी व्यवस्थापक भएको सेपाताक्रोका खेलाडी हराएको एक बर्ष नवित्दै उनी परिषद्को सदस्य सचिव भएका थिए । उनको चार बर्षे कार्यकाल वित्दा पनि सेपाताक्राका ती खेलाडी कसरी हराए भन्ने कसैले पत्तो पाएनन् । सामान्य नैतिकताको ख्याल रहने थियो भने उनले आफ्नो कार्यकालको सुरुवात त्यहीँबाट गर्ने थिए । सेपाताक्राको वास्तविकता बाहिर आएन । यसवाट विष्टलाई धेरैले अझ संदिघ्न आखाँले हेर्न थालेका छन् ।

नेपाल क्रिकेट संघ अहिले विवादमा परेको छ । साँचो भन्नु पर्दा अन्तराष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)को नजरमा नेपाली क्रिकेटलाई हेर्ने दृष्टिकोण पनि सही छैन । हुनु पर्ने कारण पनि छैन । विनाकारण आइसीसीको सहमतीमा  भएको निर्वाचन अमान्य भन्दै बखेडा झिक्ने काम सदस्य सचिवले नै गरेका थिए ।
नेपाली तेक्वान्दो विवादको अवस्थामा छ । कारण प्रस्ट छ, परिषद् नेतृत्व एउटाको कार्यक्रम स्थलमा पुगेर दुवै संघको बराबर हैसियत भनेर भाषण गर्छन् । अर्को दिन अर्को संघको कार्यक्रममा पुगेर भन्छन्, ‘ यही हो, मुलधार ’ । हो परिषद्को यही दोधारे नीतिका कारण तेक्वान्दोको विवाद जस्ताको तस्तै छ ।

अखिल नेपाल फुटबल संघको विवाद चर्कदै गएको थियो । यसमा परिवर्तनका आवाजहरु उठे । यो आवाजमा परिषद् नेतृत्वले परिवर्तनको विरुद्धमा आफूलाई उभ्यायो । परिवर्तनको स्वभाविक प्रक्रियालाई समेत केही बर्ष रोकेर नेपाली फुटबललाई पछाडी धकेल्न परिषद् तल्लीन रहयो ।
नेपाल उसु संघको साधारण सभामा परिषद् सदस्य सचिव आफै उपस्थित भए । आफै अध्यक्ष हुने चाहना राखे । साधारण सभाले उनको त्यो चाहना अस्वीकार गर्ने प्रस्ट भएपछि साधारण सभा स्थगनको घोषणा गरे । उसु कै जनक बर्तौला त यसलाई ‘असामान्य’ र‘ कसैले स्वीकार गर्नै नसक्ने विषय ’ को रुपमा व्याख्या गर्छन् ।

नेपाली एथलेटिक्स दुई कित्तामा विभाजीत भयो । परिषद् नेतृत्व दृष्टिकोण हिन बन्यो । यसैकारण हो, नेपाली एथलेटिक्सको साधारण सभा त सम्पन्न भयो । तर, मानसिक रुपमा अहिले पनि नेपाली एथलेटिक्सकर्मी विभाजित नै छ । परिषद्को निती उही रहयो । अर्थात, ‘ तपाई पनि ठिक , तपाई पनि ठिक ’ ।

यी त भए खेलकर्मीका आखाँले हेर्ने कुरा । नागरिकका आखाँले हेर्ने थुप्रै कुरा छन् । यो यही देश हो, जहाँ झाडावान्ताको औषधी उपचार सबैले पाउदैनन् । स्वाथ्यउपचार सबैले पाउदैनन् । दुइ छाक सजिलै टार्न सक्ने पनि धेरै छैनन् । एकाध प्रतिसत मात्र हुन्, यही देशमा । अनी यही देश जहाँ एउटा कार्यक्रमको घोषणा गरिन्छ । अध्ययनको नाममा बारम्बार जम्बो टोली बनाइन्छ । आवश्यक र अनावश्यक सबै भिड जम्मा गरिन्छ र ठूलो रकम त्यत्तिकै सकिन्छ । के खेलकुदका नाममा यो अपराधिक गतिविधी हो की होइन ?

एउटा कुनै सघ दर्ता गरिन्छ । अफिसियल प्रतियोगितामा कुनै परिणाम नआओस । तीनै सामान्य खेलमा ‘भाग लिए पदक वाथ छैन’ खाले प्रतियोगितामा खर्च गरेर पठाइन्छ । त्यसै पदकको नाममा पैसाको खोलो बगाइन्छ । यो चार वर्षको अन्तरालमा नेपाली खेलकुद राज्यको ढुकुटी निस्फिक्री उडाउने थलो मात्र बनेको साचोँ हो । परिषद् नेतृत्व यो चार वर्ष कहाँ रकम कसरी खर्च गरियो सार्वजनिक गरेन । त्यो हिम्मत गर्ने ठाउँ पनि थिएन ।

खेलकुदलाइ नजिकवाट हेर्नेहरु यो भन्दा धेरै कम बजेटमा यो भन्दा स्तरीय र उत्पादनमुलक कार्यक्रम ल्याउन सकिने आवाजहरु उठाउन थालिसकेका छन् । त्यसो त यही चार बर्षे कार्यकालमा प्याग्लाइडिङले एसियाडमा जितेको रजत पदकको चर्चा गरिन्छ । साचो कुरा सबैलाई थाहा छ, पोखरा लगायत अन्य स्थानमा व्यवसायीक रुपले सञ्चालीत खेलले अन्तत परिणाम ल्याएको हो । राज्यको नियतले होइन । परिषद्ले कत्ति बर्ष ,कत्ति महिना प्याराग्लाइडिङको प्रशिक्षणको योजना बनाएको थियो भन्ने यकिन कसैलाई थाहा छैन ।

गत साग खेलमा नेपालले तीन स्वर्ण पदक जितेको थियो । राष्ट्रिय टोली नखेल्ने फुटबलको स्वर्ण पदकलाई सबैभन्दा महत्वपूर्ण स्वर्ण पदक भन्दै परिषद्ले जुडो र उसु खेललाई हपेको नेपाल उसु संघका उपाध्यक्ष राजिव मर्हजन सहमत छन्, ‘ त्यसो त उसु मात्र होइन, फुटबलको स्वर्ण पदक सबैभन्दा महत्वपूर्ण भन्नु जुडो र उसु लगायत सम्पूर्ण मार्सल आर्टलाई हेपेको नै हो । ’
दुई पटक राष्ट्रिय खेलकुद आयोजना त गरियो । तर, जत्ति आर्थिक भार हामीले व्यहो¥यौ । त्यही अनुसारको व्यबस्थित भयो की भएन ? यो प्रश्न सायद धेरैपछि सम्म उठाउनै पर्ने प्रश्न थियो । ५० मिटरको स्विमीङ पुल तयार गर्न नसकेर, होटलमा २५ मिटरको पुलमा पौडी खेलको आयोजना गरियो ।

एक खेल समिक्षक भन्छन्, ‘ भलीबल इन्डोर खेल भन्ने खुल्ला ठाउँमा गर्ने , पौडी राष्ट्रिय च्याम्पियनसीप भन्ने २५ मिटरमा गर्ने । बजेटले भ्याइएन र तयार भएन भन्ने । ’भ्रमण आदेश भर्दै देश विदेश घुमी रहने र करोडौ रुपैयाँ अनाहकमा खर्च गर्ने । यसरी गरिएका प्रतियोगिताको के अर्थ ? ’ अर्का एक खेलकर्मी भन्छन्, ‘ भर्खर पदावधि सकिएका सदस्य सचिवकोबारे धारणा बनाउदाँ चार बर्षको खर्च र आम्दानी आम नागरिकले थाहा पाउने गरी सार्वजनिक गर्ने हिम्मत गर्छन् की गर्दैनन भन्ने नै प्रमुख विषय हो ’।

नेपाली खेलकुदको राख राख्दै आएको तेक्वान्दो र करातेको उधोगती यो कार्यकालको सबैभन्दा महत्वपूर्ण विशेषता । थुप्रै अनुत्पादक खर्च र खेल संघमा बढेको विवादले नेपाली खेलकुदका दुःखद दिनका रुपमा सबैले सम्झने छन् । अपेक्षा गरौ, यसै दुःखद कार्यकालले निरन्तरता पाउने छैन् ।

प्रतिक्रिया दिनुहोस्