Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

प्राधिकरणका उप–प्रबन्धक चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । नेपाल विद्युत प्राधिकरण चुहावट नियन्त्रण महाशाखाका उप–प्रबन्धक विजयकुमार चौधरी भ्रष्टाचार मुद्धामा तानिएका छन् ।
विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा मुद्दा दायर गरिएको हो । चौधरीले सार्वजनिक सेवामा रहँदा साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।
अख्तियारले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– चौधरीलाई बिगो २ करोड १४ लाख ५८ हजार ८ सय ३४ रुपैयाँ कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ दफा १६ ‘ग’ तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम जरिवाना र बैद सजाय हुनेछ ।
निजले भ्रष्टाचार गरी गैरकानुनीरूपमा आर्जन गरेको चलअचल सम्पत्ति साविक ऐनबमोजिम जफत हुन माग दाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्