Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

आहा क्या मज्जा, नेपालमा नै सवैभन्दा ठुलो ६ लेनको पुल बन्दै छ तिव्र गतिमा



दमक । नेपाल भारत जोड्ने पूर्वी नाका काँकडभिट्टा सिमा क्षेत्रमा अहिलेसम्म कै सवैभन्दा ठुलो ६ लेनको पुल तिव्र गतिमा निमार्ण भइरहेको छ । एडिबीको सहयोगमा भारत सरकारले निर्माण गरिरहेको सो पुलको नेपालभित्रको क्षेत्रमा जग्गा खाली गर्ने काम अन्तिम चरणमा पुगेको छ ।  दूई देशको सिमा क्षेत्रमा पुरानो पुलले चाप थेग्न नसक्ने भएपछि ६ लेनको नयाँ पुलको निर्माण सुरु गरिएको हो ।


नेपालको पूर्वी नाका काँकडभिट्टादेखि सीमाक्षेत्र भएर बग्ने मेचीमा २४ दशमलव २ मिटर चौडाइको नेपालकै फराकिलो एशियन सडकको पुल निर्माणको काम धमाधम भइरहेको छ । एशियाली विकास बैंङ्क एडीबीमार्फत् भारत सरकारले २०१८ को फेबु्रअरीदेखि पुल निर्माणको काम सुरु गरेको हो ।

कुल १ अर्ब ३ करोड ७८ लाख भारतीय रुपैयाँमा निर्माण हुने ७ सय ९० मिटरको पुलसहित डेढ किलोमिटरको एप्रोच सडक समेत विस्तार गरिने छ ।

सडक डिभिजन कार्यालयले मेचीनगरपालिकालाई आगामी १५ दिनभित्र सो क्षेत्र खाली गराउन पत्राचार गरिसकेको डिभिजन कार्यालय दमकका प्रमुख डिइ श्यामकुमार यादवले जानकारी दिइ । पुल निर्माणको काम ३६ महिनामा सक्नुपर्ने छ । अहिलेसम्म ३० प्रतिशत काम सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्