Logo
१५ मंसिर २०७७
(Monday 30th November 2020)

एसइइ नतिजा बिहिवारसम्म



परिक्षा नियन्त्रण कार्यलयले माध्यमिक शिक्षा परिक्षा(एसइइ)को नतिजा बिहिवारसम्म सार्वजनिक गर्ने भएको छ । नतीजा प्रकाशनका लागि सम्पूर्ण काम र पुनः परिक्षणको काम भइरहेको राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । कार्यलयले बुधबारका लागि राष्ट्रिय परिक्षा बोर्डको बैठक बोलाएको छ । बोर्डले निर्णय गरे पछि परिक्षाको नतिजा सार्वजनिक हुने छ । ढिलामा बिहिवारसम्म नतिजा प्रकाशन भइसक्ने छ ।
यस पटक प्रश्नपत्र बाहीरिएर दुइ नम्बर प्रदेशको पुनः परिक्षा सञ्चालन गर्नु परेको र कर्मचारी अभावका कारण गत बर्ष भन्दा एक साता ढिलो परिक्षा नतिजा सार्वजनिक हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्