Logo
१५ मंसिर २०७७
(Monday 30th November 2020)

दुई सांसद फ्रि तिब्बत गतिविधिमा संलग्न रहेको खुलासा



काठमाण्डौं । समाजवादी पार्टी र राजपाका दुई सांसद फ्रि तिब्बत गतिविधिमा संलग्न रहेको खुलासा भएको छ । समाजवादी पार्टीका प्रदिप यादव र राजपाका सांसद एकवाल मियाँ फ्रि तिब्बत गतिविधिमा संलग्न रहेको खुलासा भएको हो । दुवै सांसद नेपाल र नेपाल बाहिर हुने फ्रि तिब्बत गतिविधिमा संलग्न हुँदै आएको प्रमाणसहित चिनियाँ दुतावासले दुवै दललाई पत्र लेखेपछि उनीहरुको रहस्य खुलेको हो ।

यता, समाजवादी पार्टीले फ्रि तिब्बत गतिविधिमा संलग्न भएको भन्दै पार्टी नेता समेत रहेका सांसद प्रदिप यादवलाई निलम्वन गरेको छ । यादवलाई ६ महिनाका लागि निलम्वन गरिएको छ । लाटभियामा स्वतन्त्र तिब्बतको माग गर्दै आएको एउटा समुहसँग नजिक रहेको र सोही समुहको कार्यक्रममा सहभागि हुन गएको भन्दै चिनियाँ दुतावासले आपत्ती व्यक्त गर्दै पत्र नै काटेपछि समाजवादीले यादवलाई कार्बाही गरेको हो ।

गत मे मा लाटभियामा राजपाका सांसद एकवाल मियाँसँगै त्यहाँ पुगेका थिए । कार्यक्रममा सहभागितको विषयमा समाजवादी पार्टीले यादवलाई स्पष्टिकरण समेत सोधेको थियो । तर, उनले चित्तवुझदो जवाफ दिन नसकेपछि निलम्वन गरेको हो । उनले आफुलाई झुक्याएर लाटभियाको कार्यक्रममा लगेको जिकिर गरेका छन् । तर, यता राजपाले भने मियाँलाई कुनै कार्बाही गरेको छैन् । मियाँका बारेमा पनि चिनियाँ दुतावासले निकै चासो राख्दै आएको छ । नेपाल सरकारले यी दुई सांसदका विषयमा अहिलेसम्म कुनै प्रतिकृया दिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्