Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

एनआरएन बेलायतको महिला संयोजकमा ढकालले उम्मेदवारी दिने



लण्डन ।  गैर आवासीय नेपाली संघ एनआरएन बेलायतको महिला संयोजकमा क्षमता ढकालले उम्मेदवारी दिने भएकी छन् । सेप्टेम्बर १४ मा हुने निर्वाचनमा ढकालले महिला संयोजकमा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

एनआरएनए एनसीसी बेलायतको नेतृत्व पाए नपाए पनि सक्षम नेतृत्वको लागि प्रतिस्पर्धामा आएको बताइन् । गैर आवासीय नेपाली र त्यसमा पनि महिला हितका लागि आफनो उम्मेदवारी भएको उनको भनाई छ ।

‘एनआरएनएका पंजीकृत सदस्यले नेपाली समाज र नेपाली समुदायको मर्मलाई ख्याल गरि नेतृत्व चयन गर्न जरुरी छ,’ उनले भनिन् ।

एनआरएनले बिदेशमा रहेको लाखौँ नेपालीको अभिभावकत्व ग्रहण गरेको हुनुपर्छ। यसको अस्तित्व र छविलाई जोगाउन हामी पंजीकृत सदस्यले नै धेरै जिम्मेवार हुनुपर्छ।’

नेपाली चलचित्र निर्माता लक्ष्मीप्रसाद ढकालकी छोरी व्यवसायी क्षमता ढकाल हाल लण्डनको साउथ ह्यार्रोमा बस्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्