Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

भेरी–बबईको सुरुङ चैत दोस्रो साता छेडिने



काठमाडौं । देशकै महत्वपुर्ण भेरी–बबई बहुउद्देश्यीय आयोजनाले निकै तिव्रता पाएको छ । सुरुङ करिब ११,१ किलोमिटर पूरा भएको छ ।
टनेल बोरिङ मेसिन टिबिएमले खनिरहेको सुरुङ लक्षित समयअघि नै पूरा हुँदैछ । कामको यही गति रहिरहे आगामी चैत दोस्रो साता सुरुङ निर्माण पूरा ब्रेक थ्रु– छेडिने०’ हुने आयोजना निर्देशक सञ्जिव बरालले बताए ।
‘सुरुङ लक्ष्यभन्दा चाँडै पूरा हुने भयो, अब यही गतिमा आयोजनाको बाँध र विद्युतगृहको काम अघि बढाउन चुनौती छ,’ उनले बिहीबार ऊर्जा खबरसँग भने, ‘चालू आर्थिक वर्षभित्र बाँधको ठेक्का सम्झौता गर्ने लक्ष्य छ ।’
बरालका अनुसार चालू आवभित्र खरिद प्रक्रियाका सबै काम टुंग्याएर आगामी आवको हिउँदमा बाँधमा पानी फर्काउने वा निर्माण सुरु गर्ने लक्ष्य छ । यसरी काम गर्न नसके निर्धारित समयमा आयोजनाको निर्माण पूरा हुँदैन ।

आयोजना निर्माणलाई तीन चरणमा बाँडिएको छ– पहिलो सुरुङ, दोस्रो बाँध र तेस्रो विद्युतगृह । अब सुरुङ पूरा हुँदैछ । बाँध र विद्युतगृहको डिजाइन करिब पूरा गरिएको छ । १२.२ किलोमिटर सुरुङ निर्माण सुरु गर्दा करिब ६ किलोमिटर नछिचोल्दासम्म अरू काम नगर्ने आन्तरिक योजना थियो ।
२०७४ कात्तिक २० गतेबाट टिबिएमले सुरुङ खन्न सुरु गरेको थियो । सुरुङको ५.९ देखि ६.३ किलोमिटर खण्ड अप्ठ्यारो भाग रिस्की जोन मानिएको थियो । टिबिएमले यो खण्ड सजिलै पार गर्यो । सुरुङ खनिरहेको चीनको चाइना ओभरसिज ग्रुप कम्पनी ९कोभेक० ले पनि चैत दोस्रो सातासम्म सुरुङको काम सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्