Logo
०९ असोज २०७७
(Friday 25th September 2020)

राष्ट्रिय सभावाट गुठी विधेयक फिर्ता



काठमाण्डौं ।  सरकारले राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको छ । सरकारले राष्ट्रिय सभामा गुठी सम्बन्धी कानुनलाई एकीकराण र संसोधन गर्न बनेको विधेयक दर्ता गराए पछि चौतर्फी आलोचना भएको थियो ।

आलोचना पछि सरकारले विधेयक फीर्ता लिने निर्णय गरेको थियो । विधेयक राष्ट्रिय सभावाट औपचारिक रुपमै फीर्ता भइसकेको छ ।
नेपालको संविधानको धारा ११२ र राष्ट्रिय सभा सञ्चालन नियमावालीको नियम १ सय १६ बमोजीम भुमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले गुठी विधेयकलाई फीर्ता गर्ने प्रश्ताब गरे पछि सर्वसम्मतीले विधेयक फीर्ता भएको हो  ।

अर्यालले सरकारले जनताको भावनाको कदर गर्दै गुठी विधेयक फीर्ता लिने निश्कर्षमा पुगेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्