Logo
Logo

पक्राउ परेका कार्कीको पक्षमा अभिनेत्री थापा



प्रहरीले विप्लवका केन्द्रिय सदस्य नर बहादुर कार्कीलाई पक्राउ गरे पछि अभिनेत्री रेखा थापाले खुलेर यसको विरोध गरेकी छिन् । कार्कीलाई महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ बालुवाटारबाट पक्राउ गरिएको हो । पक्राउ पछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको हो । उनले फेसबुकमा स्ट्याटस लेख्दै आक्रोस पोखेका हुन् ,‘राज्य आतंकको बर्तमान रुप आफ्नै आखाँले देखियो आज । सामाजिक अभियन्ता,अन्तराष्ट्रिय मोर्टीभेटर आदरणीय नरबहादुर कार्की सरलाई प्रहरीले एक अपराधीलाई जसरी पक्राउ गरेको छ । धकेलेर भर्खरै मारौला जस्तो गरेर गणतान्त्रीक लोकतान्त्रात्मक प्रहरी प्रश्तुत भएको खुद आफ्नै आखाँले देख्न पाइयो । ’
अभिनेत्री थापाले, ‘ कुनै व्यक्ति कुनै पार्टीको, नेताको समर्थक हनु नपाइने यो कस्तो गणतन्त्र हो ?’ भनेर प्रश्न उठाएकी छिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुली । रोटरी ल्कव अफ रुद्रमति काठमाण्डौंले सिन्धुलीको गोलन्जोर गाउँपालिकाको कोभिड हस्पिटललाई स्वास्थ्य सामाग्री