Logo
१७ असार २०७८
(Thursday 1st July 2021)

बन्दको जनजिवन प्रभावित सुदुर पश्चिममा बन्दकर्ता बढी सक्रिय



अछामका दुइ वटा वड कार्यलयमा गए राती आगजनी भएको छ ।पञ्चदेवल विनायक नगरपालीकाको वडा नम्बर ३ र ढकरी गाउपालीकाको वडा नम्बर पाचँको वडा कार्यलयमा आगजनी भएको हो । पञ्चदेवलको वडा कार्यलयमा राती दुय बजेको समयमा आएको ५÷६ जनाको समुहले पेट्रोल छर्केर आगो लगाएको हो । आगजनीवाट एक थान कम्प्युटर,प्रीन्टर, दुइ वटा रिभल्बीङ कुर्सी टेबल लगायत कार्यलयका महत्वपूर्ण कागजात जलेर नष्ट भएका हुन् ।
ढकालरी गाउँपालीकामा भएको क्षतीको पूर्ण जानकारी आएको छैन ।यसैगरी बझाङमा पनि आगजनी भएको छ । विभिन्न ठाउमा शंकास्पद बस्तु फेला परेको छ । वित्थडचिर गाउँपालीकाको ६ नम्बर वडा कार्यलयमा तोडफोड भएको छ । त्यहाँका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् । यसैगरी ६ नम्बर वडाको भगवती माबीको कक्षाकोठामा पनि आगजनी भएको छ ।
यसैगरी जयपृथ्बी नगरपालीकाको वडा नम्बर तीनको वडा कार्यलयमा पनि आगजनीको प्रयास भएको छ । अज्ञात समुहले बिहान सबेरै वडा कार्यलयको ढोकामा पेट्रोल छर्केर आगो लगाए पनि निभाइएको थियो । यसैगरी बुंगल नगरपालीकाको ११ नम्बर वडामा शंकास्पद बस्तु फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्