Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

आरबिआइका नयाँ गभर्नरले ब्याजदर घटाए



मुम्बइ। भारतीय रिजर्भ बैंक (आरबिआइ) को मौद्रिक नीति समिति (एमपिसी) ले रिपो दर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ। अब रिपो दर ६.५० प्रतिशतबाट ६.२५ प्रतिशतमा आएको छ। अब सर्वसाधारणको इएमआइ पनि घट्ने छ।

रिपो दर घटाउने निर्णय आरबिआइका गभर्नर शक्तिकान्त दासले गरेका हुन्। उर्जित पटेलले राजिनामा गरेपछि गत डिसेम्बरमा उनी आरबिआइको नेतृत्वमा पुगेका हुन्। 

मूल्य बृद्धि दर लगातार कम भएकाले रिपो दर घट्ने अनुमान गरिँदै आएको थियो। दासले मूल्य बृद्धि दर प्रक्षेपित ४ प्रतिशतभन्दा तलै रहने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्