Logo
१२ असोज २०७७
(Monday 28th September 2020)

धरान उपमहानगरपालिकाको बजेट १ अर्ब ७७ करोड ९१ लाख रुपैयाँ



धरान । धरान उपमहानगरपालिकाले १ अर्ब ७७ करोडको बजेट नगरसभामा प्रस्तुत गर्ने भएको छ । सोमबारको नगरसभाले १ अर्ब ७७ करोड ९१ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्न गर्ने निर्णय गरेको हो ।

मंगलबार प्रस्तुत हुने बजेटमा सवैभन्दा बढि नगरका गौरवका आयोजनालाई १५ करोड बजेट विनियोजन गर्न लागेको कार्यपालिकाका सदस्य तथा पूर्वाधार विकास समितिका संयोजक नरेश इवाराम लिम्बुले जानकारी दिए । यसपटकको बजेटमा सवैभन्दा बढि शिक्षामा १२ करोड बजेट छुताईएको छ । बसपार्क, सभागृह, खोला रोकथाम, सडक लगायत बजेटमा बढि प्राथमिकता पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्