Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

विदेशी च्यानलको प्रशारण बन्द



दुइ दिनका लागि विदेशी च्यानलरुको प्रशारण बन्द भएको छ । इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिती र नेपाल केबल टेलिभिजन महासंघले संयुक्त रुपमा विज्ञापन प्रसारण हुने सबै जसो विदेशी च्यानलहरु बन्द गराएको हो । महासंघका अनुसार सोमबार अपरान्ह ३ बजे देखि मंगलबार अपरान्ह ३ बजेसम्म च्यानलहरु बन्द रहने छ । विज्ञापन रहित च्यानल भने रोकीएको छैन । ‘ विज्ञापन ऐन २०७६’ को विरोध गर्दै टेलििभजन सोव प्रदायकहरुले २४ घन्टाका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेका हुन् ।
‘प्रश्तावित विज्ञापन ऐन २०७६ ’ मा जति पनि विदेशी च्यानल छन्, ती च्यानलले विदेशी विज्ञापन प्रसारण गर्न नपाउने उल्लेख छ । छलफलमा लागि ऐन संसदमा पुगीसकेको छ ।

प्रतिक्रिया दिनुहोस्