
काठमाण्डौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले वरिष्ठ गायक शम्भु राईलाई कार्बाही गर्न माग गरेका छन् । अहिलेको बहुचर्चित लोकभाका ‘गलबन्दी च्यातियो तिमीले तानेर’ बोलको गित प्रकाश सपूतले चोरेको आरोप लगाउँदै आएका राई नै साइबर क्राइमको मुद्धा लगाउन उनले माग गरेका हुन् ।
लोकभाका कसैको नीजि सम्पत्ती नहुने दाबी गर्दै सांसद विश्वकर्माले राईले गायक सपूतलाई जातिय विभेद गर्दै गाली गलोज गरेकाले उल्टै राईलाई कारबाही गर्न माग गरेका हुन् । कपीराइटको दाबी गर्दै वरिष्ठ गायक राईले गायक सपूतलाई चोरी मुद्धा दर्ता गरेका छन् । नेपाली कला संस्कृतीका संरक्षक प्रकाश सपूत र शान्तिश्री परियारलाई सम्मान गर्न समेत उनले सरकारसँग माग समेत गरे । लोकभाका नयाँ सन्ततीले संरक्षण गर्ने हो, तर राई आफै मुद्धा दर्ता गर्न जानु न्यायोचित नभएको विश्वकर्माको जिकिर थियो ।