
काठमाण्डौं । संघीय संसदको विकास तथा प्रविधि समितिले काठमाण्डौं निजगढ फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तत्काल स्वीकृत गरि नेपाली सेनालाई दिन सरकारलाई निर्देशन दिएको छ ।
समितिले मन्त्रीपरिषद् कार्यालयमा पेश गरेको डीपीआर सेनालाई दिन निर्देशन दिएको हो । आयोजना प्रमुख सरदलाल श्रेष्ठले सरकारले डीपीआर नदिएकाले पुल र सुरुङ निर्माणको काम अघि बढाउन ढिला भएको बताए । त्यस्तै समितिले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न नेपाली सेनालाई पनि निर्देशन दिएको छ।