Logo
Logo

विप्लव समुहका इन्चार्ज पौडेल मुडभेडमा मारिएको गृहमन्त्रीको जिकिर



काठमाण्डौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समुहका सर्लाही इन्चार्ज कुमार पौडेल मुडभेडमा मारिएको जिकिर गरेका छन् । संसदको राज्यव्यवस्था समितिको सोमवारको बैठकमा गृहमन्त्री थापाले प्रहरीको जवाफी कार्बाही पौडेल मारिएको जिकिर गरेका हुन् ।


पौडेलको मृत्यु बारे छानविन पनि गरिने बताउँदै उनले अनटेस्ट मोटरसाइकलमा आइरहेको पौडेल समुहको टोलीले प्रहरीलाई देख्नासाथ फायर गरेको र प्रहरीको जवाफी फायरमा पौडेलको मृत्यु भएको बताए ।
विप्लव समुहका नेता पौडेल यही असार ५ गते अन्दाजी २ बजे लालबन्दी नगरपालिका वडा नम्वर १ लखनदेहीस्थित जंगलको बाटोमा प्रहरीको गोली लागि मारिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौ । सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मन्चले आफनो संस्थापक पूर्वमहासचिव पुष्पबहादुर बरुवालको