Logo
१४ असोज २०७७
(Wednesday 30th September 2020)

‘यस्तो छ कामनपाको अनिवार्य स्थानीय पाठ्यक्रम’




काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि अनिवार्यरूपमा स्थानीय पाठ्यक्रम लागू गर्ने बताएको छ। महानगरभित्र रहेका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको कामपका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए ।

नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापन र काठमाडौंको पुरानो भाषा र संस्कृतिसम्बन्धी विषय समावेश गरिनेछ। स्थानीय विषयवस्तु, आवश्यकता र सामग्री उपयोग हुनेगरी स्थानीय पाठ्यक्रम पढाउनुपर्ने भए पनि यसअघि विद्यालयले लागू नगरेकाले कामपाले यस किसिमको व्यवस्था लागू गर्न लागेको पनि कोइरालाले बताए।

विद्यालय व्यस्थापनको जिम्मा स्थानीय तहले पाएसँगै कामपाले यो व्यवस्था गर्न लागेको हो। स्थानीय क्षेत्रको सबै विषय केन्द्रीय पाठ्ययक्रमले पूरा गर्न नसक्ने भएकाले स्थानीय पाठ्यक्रम आवश्यक रहेको कोइरला बताउँछन्। कामपाले छनोट गरेको पाँच विषयवस्तुमध्ये कुनै एक विषय इच्छानुरूप विद्यालयले गर्न सक्छ। एक विषय १०० पूर्णाङ्कको हुनेछ।

प्रतिक्रिया दिनुहोस्