Logo
१० असोज २०७७
(Saturday 26th September 2020)

शर्मा भन्छन्, ‘ पौडेलको हत्या पञ्चालयतकालीन बर्बरताको झझल्को ’



सत्तारुढ नेकपाका नेता जर्नादन शर्माले विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता  कुमार पौडेलको हत्याले पञ्चायतकालीन बर्बरताको स्मरण गराएको टिप्पणी गरेका छन् । संसदको राज्य व्यवस्था समितीको बैठकमा शर्माले उनको गम्भीर हत्या भएको भन्दै आपत्ति जनाएका हुन् । उनले पक्राउ गरेर निर्ममतापूर्वक ढंगले हात छियाछिया हुने गरी हत्या गरेर खबर आएको बताउदै यसलाई पञ्चायतको झझल्कोको संज्ञा दिए । उनले यस्ता प्रबृत्तीलाई बेलैमा कार्बाही नगरे परिवर्तीत व्यवस्था प्रति नै शंका उठ्ने बताए ।
यस्तै उनले निलम्बीत सांसद रेशम चौधरीलाई नेल लगाएर अस्पतालमा उपचार गरेको घटनाप्रति पनि आपत्ति जनाएका छन् । उनले भने, ‘ यी जुन घटना भइरहेका छन्, यसलाई संघीय गणतन्त्रसंग जोडेर जनता भड्काउने काम भइरहेको छ । ’शर्माले राज्य व्यवस्था तथा सुशाषन समितकिो बैठकमा गृहमन्त्रीलाई तत्काल बोलाएर पौडेलको हत्या विषयमा जानकारी माग्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्