
पहिरोले अबरुद्ध मुग्लीन नारयणगढ सडक खण्ड अहिले खुलेको छ । आइतबार जलबिरेको पहिरो हटाइए पछि बाटो खुलेको हो । गए राती देखिको पहिरोका कारण मुग्लीन – नारायणगढ सडक खण्ड अबरुद्ध भएको थियो । सडक खण्डको जलविरेमा बिहान सात बजेको आसपास पहिरो गए पछि गाडी चल्न नसकेका हुन् । गाडी नचले पछि यात्रुहरु बाटोमै अलपत्र परेका थिए । यसैगरी, रसुवाको स्याफ्रब्रेसी रसुवागढी खण्डमा पनि पहिरो गएका कारण सडक अहिले खुलेको छ ।