Logo
Logo

खु्ट्टामा नेल लगाएर उपचारमा ल्याउने कर्मचारीलाई कार्वाही गर्न निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई अस्पतालको बेडमा पनि नेल लगाउने कर्मचारीलाई तत्काल कार्वाही गर्न निर्देशन दिएका छन् । विर अस्पतालमा उपचार गारइरहेका निलम्वीत सांसद चौधरीलाई अस्पतालको ओछ्यानमै फलामे साङलोले बाध्ने कर्मचारीलाई कार्वाही गर्न मुख्य सचिव लोक दर्शन रेग्मीलाई प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । शुक्रबार अस्पतालको बेडमा साङलाले बाधीँएका चौधरीको तस्विर सार्वजनिक भए लगत्तै प्रधानमन्त्रीको ध्यानाकर्षण भएको र त्यो काममा संलग्न सबै कर्मचारीलाइ कार्वाही गर्न निर्देशन दिइएको हो ।

प्रधानमन्त्रीले चौधरीलाई अस्पताल ल्याउँदा लगाइएको नेल तत्काल फुकाउन पनि निर्देशन दिएका थिए । फोक्सो र बोनम्यारोमा समस्या देखिए पछि चौधरीलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उनको खुट्टामा खिया लागेको साङलाले बाँधेर उपचार भइरहेको  तस्बिर सामाजीक सञ्जालमा भाइरल भए पछि समाजवादी पार्टी नेपालमा अध्यक्ष डा. बाबुराम भट्टराइ अस्पताल पुगेका थिए । उनले यस्तो हर्कत तत्काल बन्द गर्न सरकारलाई आहान गरेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । राप्रपा प्रजातान्त्रिक सयुक्तको महिला संघको केन्द्रित उपाध्यक्षमा धनेश्वरी प्रजापति नियुक्त भएकी छिन्