Logo
Logo

सिन्धुलीमा जीप दुर्घटना ५ जनाको मृत्यु



सिन्धुली । सिन्धुलीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि एकै गाउँपालिकाका ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्रबहादुर सिहंले सिन्धुलीको फिकल गाउँपालिका २ चण्डी भञ्ज्याङमा बा १५ च ९४२२ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा स्थानीय तिलमाया विक, पुनमान तामाङ, शान्तीमाया श्रेष्ठ, लक्ष्मी विक र अनिता महतको ज्यान गएको जानकारी दिए ।

जीप सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । दुर्घटनाका घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?