
विप्लप नेतृत्वको नेकपाले शुक्रबार शैक्षिक हड्ताल गरेको छ । आफ्नो नेता रिहाइको माग गर्दै सो दलले शैक्षिक हड्ताल गरेको हो । कास्कीका जिल्ला अध्यक्ष काजी गुरुङ,तनहुा जिल्ला सचिव पुरन पुन तथा जिल्ला सदस्य दिपेन्द्र बुढालाई विना कारण पक्राउ गरिएकाले रिहाइको माग गर्दै शैक्षिक हड्ताल गरेको अनेरास्ववियु(क्रान्तीकारी) की कास्की जिल्ला उपाध्यक्ष आस्था नेपालीद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।