
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका उपनेता विजयकुमार गच्छदारले गुठी विधेयकको विषयमा प्रधामन्त्रीले नैतीकताको आधारमा राजिनामा दिनु पर्ने बताएका छन् । प्रतिनिधी सभाको बिहिबारको बैठकमा बोल्दै उनले गुठी विधेयक संविधान विपरित रहेको आरोप लगाए ।
‘भर्खर ल्याएको विधेयक फीर्ता लियो । यो ल्याउनु भन्दा अघि गृहकार्य गर्नु र्पथ्यो की पर्दैनथ्यो ? ’गच्छादारको प्रश्न थियो । सरकारले संविधानको मर्म विपरित धेरै विधेयक ल्याएको पनि उनले आरोप लगाए ।